नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग वाणिज्य संघलाई ५० हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ । लकडाउनका कारण सबैभन्दा बढी साना व्यवसायीहरु मर्कामा परेकोले आवश्यक परेको बखत उनीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले रकम सहयोग गर्ने निर्णय भएको केन्द्रीय सदस्य एंव नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले बताए ।
उक्त रकम महासंघमा आवद्ध भएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई उपलब्ध गराइने छ । ७७ वटै जिल्लामा महासंघमा १ सय ६ उद्योग वाणिज्य संघ आवद्ध रहेको प्रदेश अध्यक्ष तिवारीले जानकारी दिए ।


