उर्मिला यादव सुनवल पौष २०
उद्योग बाणिज्य संघ नवलपरासी ट्रेड स्कुलको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा सार्वजनिक , निजी साझेदारी कार्यक्रम अन्तर्गत संचालित निशुल्क ६ महिने बेसिक एडभान्स सिलाइ कटाइ तालिमको आज एक कार्यक्रमका बिच परासीमा उदघाटन गरीएको छ । उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा तालिमको उदघाटन गरीएको हो रामग्राम नगरपालिका भित्र रहेका बेरोजगार महिला , जनजाति , पिछडा बर्ग समुदाय अन्र्तगत गरी तीस जना महिलाहरुको सहभागिता रहेको रहेको छ । तालिम उदघाटन कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा संघका अध्यक्ष केशब भण्डारी , उद्योग बाणिज्य संघ नवलपरासीका पदाधिकारी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।