27.8 C
Parāsi
Friday, August 14, 2026
spot_img

बदलिँदो पत्रकारितामा एआई: पश्चिम नवलपरासीमा पत्रकारलाई तालिम

पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा आयोजित तालिम पत्रकारितामा आधुनिक प्रविधिको प्रभावकारी उपयोग, समाचार लेखन, सामग्री उत्पादन, तथ्य परीक्षण तथा डिजिटल सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

तालिममा एआईका आधारभूत अवधारणा, पत्रकारितामा यसको प्रयोग, नैतिक पक्ष, समाचार सामग्री तयार गर्ने विधि तथा विभिन्न डिजिटल उपकरणहरूको प्रयोगबारे प्रशिक्षण प्रदान गरिएको थियो। एआई अध्येता तथा अभ्यासकर्ता पत्रकार जीवन भण्डारीले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्दै मिडियामा एआईको सही, सुरक्षित र जिम्मेवार प्रयोग, एआई आचारसंहिता, समाचार कक्षमा उपयोगी एआई उपकरण तथा व्यावहारिक कार्यशैलीबारे विस्तृत जानकारी दिनुभएको थियो।

तालिममा सहभागी पत्रकारहरूले प्रविधिको तीव्र विकाससँगै एआईको समुचित र जिम्मेवार प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै तालिम पत्रकारिताको गुणस्तर अभिवृद्धिमा उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

तीन दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३५ जना को सहभागिता रहेको थियो ।

थप समाचार

ताजा खबर