आज बुद्धको २५६८ औं जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा निकाल्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाइदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (हात्ती सहितको ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।
करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो । बुद्धको महापरिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो । स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिंगो भाग बचेको छ ।
सोही अस्थिको झल्को दिन धातु हात्तीयात्रा गर्ने नगरप्रमुख यादवले भने । बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।सर्वसाधारणले समेत दर्शन गर्न पाउने गरि श्रीलङ्का बाट ल्याईएको वुद्धको अस्थीधातुलाई हात्तिमा राखेर परिक्रमा गर्ने कार्यक्रम रहेको छ।