26.1 C
Parāsi
Thursday, July 23, 2026
spot_img

नवलपरासी उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण,अध्यक्षमा नगेन्द्र अग्रहरी

परासी, नवलपरासी उद्योग वाणिज्य संघको ४०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहणसँगै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।

संघको अध्यक्षमा नगेन्द्र अग्रहरी निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी निर्विरोध निर्वाचित हुनेहरूमा, वरिष्ठ उपाध्यक्षमा राजेशकुमार गुप्त, उद्योग उपाध्यक्षमा तारा आचार्य, वाणिज्य उपाध्यक्षमा रामकुमार गुप्ता, महासचिवमा भोला पराजुली तथा कोषाध्यक्षमा गिरीराज पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो।

 कार्यसमितिअन्तर्गत क्षेत्रीय सदस्यतर्फ क्षेत्र नं. १ बाट मनोज गिरी, क्षेत्र नं. २ बाट कमलेश कुमार गुप्ता कानु, क्षेत्र नं. ३ बाट लिलाधर चापागाईं र क्षेत्र नं. ४ बाट प्रकाश नारायण चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यमा चन्द्रप्रकाश गुप्ताकिसुननाथ बनियाराजेशकुमार गुप्ता (तेली)सन्दिपकुमार स्वर्णकारगणेशप्रसाद अग्रहरी बनिया तथा सुनिल कसौधन निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी एसोसिएट सदस्यमा विनोद कुमार अग्रहरी तथा वस्तुगत सदस्यमा राजु देवान निर्विरोध निर्वाचित हुनुभएको छ।

लेखा समितिको संयोजकमा सीता कुँवर निर्वाचित हुनुभएको छ भने सदस्यमा विद्यासागर शर्मा र सञ्जयकुमार जायसवाल चयन हुनुभएको छ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उद्योग, व्यापार तथा व्यवसायीहरूको हित संरक्षण, निजी क्षेत्रको विकास र जिल्लाको आर्थिक गतिविधिलाई थप सुदृढ बनाउन प्रतिबद्धताका साथ काम गर्ने बताएका छन्।

पदभार ग्रहण गर्दै अध्यक्ष अग्रहरीले सदस्यबाट संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन सहयोग सम्पूर्ण सहयाेगीलाई धन्यवाद दिए।उनले जिल्लाका उद्योगी,व्यवसायीहरुको हकहित, संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व निर्वाह लगायतलाई प्राथमिकता राखेर अगाडी बढने बताए।

थप समाचार

ताजा खबर