नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला एक लाख ४० हजार रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रकेर्ड काय गरेको हो । यो मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
यसअघि गत ७ बैशाखमा सुनको मूल्यले प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सामान्य दरमा घटेको सुनको मूल्यले अहिले पुनः नयाँ उचाईमा पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ थियो । बिहीबार त्यो १६ सय रुपैयाँ बढेर १ लाख ४० हजार रूपैयाँ पुगेको हो ।
बिहीबार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । यसैगरि चाँदी को मूल्य पनि एकै दिन ६० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १७४५ रुपैयाँ थियो ।