27.7 C
Parāsi
Saturday, July 18, 2026
spot_img

नाला सफाइपछि पोखरापाली–पण्डितपुर सडकमा पानी जम्ने समस्या समाधान

परासी, साउन १

पश्चिम नवलपरासीको पोखरापाली–पण्डितपुर सडकखण्डमा वर्षायाममा लामो समयदेखि देखिँदै आएको पानी जम्ने समस्या नाला सफाइपछि समाधान भएको छ।

नाला अवरुद्ध हुँदा वर्षाको पानी सडकमै जम्ने, जसका कारण सवारीसाधन सञ्चालन तथा पैदल यात्रुलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। निर्माण कम्पनीले अवरुद्ध नाला सफा गरेपछि वर्षाको पानी सहज रूपमा बग्न थालेको छ। त्यसपछि सडकमा पानी जम्न छाडेको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार समयमै नाला सफाइ गरिएकाले सडकको अवस्था सुधार भएको छ। उनीहरूले सडकको दीर्घकालीन संरक्षण तथा यात्रु र सवारीसाधनको सुरक्षित आवतजावत सुनिश्चित गर्न नियमित रूपमा नाला मर्मत तथा सरसफाइलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले समस्या देखिएलगत्तै स्थलगत अनुगमन गरेका थिए। त्यसपछि निर्माण कम्पनीलाई अवरुद्ध नाला तत्काल खुलाउन निर्देशन दिइएको थियो। नाला खुलाइएपछि सडकमा पानी जम्ने समस्या हटेको र पैदल यात्रु तथा सवारीसाधनको आवतजावत सहज भएको नगरप्रमुख यादवले बताए।

उक्त सडक निर्माणको जिम्मा अशिष–आर्शिवाद जेभी, त्रियोगी काठमाडौंले ४१ करोड ८६ लाख २१ हजार रुपैयाँमा लिएको हो। निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको सम्बन्धित पक्षले जनाएको छ।

थप समाचार

ताजा खबर