34.8 C
Parāsi
Friday, May 3, 2024
spot_img

नेपालमा बढ्दा भारतमा घट्यो एलपीजी ग्यासको मूल्य

नेपालमा मुल्य बढ्दा भारतमा भने एलपीजी ग्यासको मुल्य घटेको छ । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९ सय ३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य वृद्धि भएर आएकाले नेपालमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ । यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ । यसअघि ग्यासको मूल्य १ हजार ६ सय ६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो ।

गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो । एक हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो ।

थप समाचार

ताजा खबर