नवलपरासी ।डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको नवलपरासी जिल्ला समिति विस्तार गरिएको छ। हालै सम्पन्न जिल्ला भेलाले सन्तोष प्रजापतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिको सचिवमा भानु प्रताप सिंह चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा राम बहादुर क्षेत्री, शेष मान चौधरी, नशीब मियाँ, हरिद्वार यादव, जीकुरुल्लाह मियाँ, राजेश अग्रहरी, सहेरुन निसा, लक्ष्मण सापकोटा, अब्दुल रहिम र सहेबुन निशा रहेका छन्।
कार्यसमिति गठनपछि आयोजित कार्यक्रममा वक्ताहरूले नगरवासी, जेन–जी (Gen-Z) युवा पुस्ता, किसान तथा आम जनसमुदायलाई आफ्नो गाउँ, टोल र वडाको चौतर्फी विकास एवं समृद्धिका लागि एकताबद्ध हुन अपिल गरेका छन्।
डा. धवलशमशेर राणाको नेतृत्वमा २०८३ साउनमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको यस पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ रहेको छ। आयोगमा दर्ता प्रक्रियाका क्रममा ७९ सदस्यीय केन्द्रीय समितिको नामावली पेश गरिएको थियो।
पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई मुख्य आधारशिला मान्दै हिमाल, पहाड र तराईलाई एकसूत्रमा बाँधेर राष्ट्रिय एकता, स्थिरता तथा समुन्नतिको लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाएको जनाएको छ।

