13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

एनआरएनए मलेसियाको आइसीसी सदस्यमा विश्व राई

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसीसी सदस्यमा विश्व राई चयन भएका छन् ।

यसअघि नै छैटौ अधिबेशनबाट महेन्द्रजंग शाह र टेकबहादुर टमोटा आइसीसी सदस्यमा निर्वाचित भइसकेका थिए ।

महाधिवेशनबाट अध्यक्षमा हरि भट्टराई,वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले (सुन्दर), उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्ष शुभद्रा लिङ्ग्देन, महासचिव हेमराज सापकोटा, सचिवद्वय रञ्जितकुमार क्षेत्री र नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजक शारदा देवान याक्खा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउद, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ, अनिलकुमार चौधरी, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईं, ईन्द्रनारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोषप्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा रहेका छन ।

गत १ तारिखमा नबनिर्बाचित कार्यसमितिको सपथग्रहण र अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रममा आईसीसी अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारिको उपस्थिति थियो ।

थप समाचार

ताजा खबर