13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

पत्रकार रबिन्द्र यादब माथि हातपात : प्रेस युनियनद्वारा दोषीलाई कार्वाहीको माग

परासी, २१ भदौ । नवलपरासीमा नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीले आफ्नो जिल्ल सदस्य एवम् प्रदेश पार्षद पत्रकार रबिन्द्र यादव माथि भएको दुर्यब्यवहारको घटना प्रति आपत्ती जनाएको छ ।

शुक्रवार साझ सवा ६ बजेको समयमा प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने बद्री यादव सहित ४ जनाको समुहमा आएर पत्रकार यादवलाई लक्षित गरी गाली गलौज तथा दुर्यब्यहार गरेको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

साथै उक्त घटनामा सलग्न सबै दोषीलाई तत्काल कारवाहीको लागी प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ नवलपरासी सदस्य,नेपाल फोटो पत्रकार महासंघ प्रदेश सदस्य,खेलकुद मंचका कोषाध्यक्ष र नेपाल पर्यटन पत्रकार संघका सदस्य, विभिन्न अनलाइन रेडियो र पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आउनु भएका यादवले आफु माथी सुनियोजित घटना भएको बताऊनु भयो ।

झुलनीपुर जिल्ला महराजगंज  भारत बस्ने बृजेश राजभरले आफ्नो छोरी निशा राजभरलाई सेमरीबाट औषधी गराई घर फर्कने क्रममा बद्रि यादवले राजभरलाई कुटपिट गरेको र त्यस बिषयमा निजलाई फोन गरेर सोध्दा गाँउमै आएर दुर्यब्यहार गरेको यादवले बताए ।

थप समाचार

ताजा खबर