परासी, १३ भदौ । अन्र्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवसको अवसर पारेर एम्नेष्टी ईन्टरनेश्नल समूह ३१ परासीले शुक्रबार रामग्राम स्तुपमा दीपप्रज्वलन गरेको छ । वेपत्ता पारिएका नागरिकको सम्झनामा मानवअधिकारवादी तथा सरोकारवालाहरुको उपस्थितिमा स्तुपमा पदयात्रा तथा दीपप्रज्वलन गरिएको एम्नेष्टीले जनाएको छ ।
एम्नेष्टी ईन्टरनेश्नल समूह ३१ परासीका संयोजक हुसेन अन्सारीको अध्यक्षता तथा रामग्राम–७ का वडाध्यक्ष शिवशंकर हरिजनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, समाजसेवी डोलराज भण्डारी, थर्ड एलाएन्सका संयोजक मनोज हरिजन, एम्नेष्टीका निवर्तमान संयोजक विजय जयसवाल लगायलते बोल्दै वेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको थियो ।