35 C
Parāsi
Monday, May 11, 2026
spot_img

नयाँ वर्ष २०८३ को अवसरमा रेडक्रसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नवलपरासी, चैत्र २९ — नेपाल रेडक्रस सोसाइटी रामग्राम पालिका शाखाले नयाँ वर्ष २०८३ को अवसरमा पालिका शाखा र उपशाखाबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रामग्राम पालिका शाखा का संयोजक सन्दीप अग्रहरी को अध्यक्षता तथा रामग्राम नगरपालिका का नगरप्रमुख धनपत यादव को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले रेडक्रस मानविय सेवामा समर्पित संस्था भएको उल्लेख गर्दै यसमा निस्वार्थ भावनाले काम हुने बताए। उनले नगरपालिकाले रेडक्रससँग सहकार्य गर्दै विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सबैलाई नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी का जिल्ला सदस्य तथा विपद् व्यवस्थापन समितिका संयोजक अर्जुन बहादुर क्षेत्री ले संघीय संरचना लागू भएसँगै रेडक्रसका गतिविधिहरू पनि पालिकास्तरमा विस्तार भएको जानकारी दिए। उनले संघीयताको अवधारणाअनुसार विभिन्न पालिकामा रेडक्रसका शाखा गठन भइसकेको बताए।

 

थप समाचार

ताजा खबर