37.2 C
Parāsi
Friday, April 3, 2026
spot_img

पश्चिम नवलपरासी–१ मा नेपाली कांग्रेस प्रवेश तीव्र, सयौं युवा पार्टीमा आबद्ध

पश्चिम नवलपरासी, — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पश्चिम नवलपरासी–१ मा नेपाली कांग्रेसप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी तीव्र भइरहेका बेला विभिन्न दल परित्याग गरी सयौं युवा कांग्रेसमा प्रवेश गरेका छन्।

स्थानीय नेताहरूका अनुसार विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कांग्रेस प्रवेश गर्नेहरूको संख्या बढ्दो छ। यसलाई चुनावी समीकरणमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

बर्दघाट नगरपालिका–१२ भटौलियामा आयोजित निर्वाचन प्रचार–प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा ठूलो संख्यामा युवाहरू औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएका हुन्। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी–१ का उम्मेदवार विनोद चौधरी ले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गरे।

कांग्रेसमा प्रवेश गर्नेहरूमा मनु राणा, सन्तोष कुँवर, इसहाक अन्सारी, मनुराना भटौलिया, विजयी तिवारी, प्रज्वल थारु, कमल आचार्य विरही, विमानन्द चौधरी, गजनी चौधरी, दिवाकर भुसाल, लक्ष्मी भुसाल र श्याम पाथ्री लगायत रहेका छन्।

स्वागत मन्तव्यका क्रममा उम्मेदवार चौधरीले युवाहरूको चाहना र आकांक्षालाई सम्बोधन गर्दै नेपाली कांग्रेस समयानुकूल परिवर्तनको दिशामा अघि बढिरहेको बताए। उनले पछिल्ला केही दिनमै सयौं युवा कांग्रेसमा प्रवेश गरिसकेको दाबी गरे।

स्थानीय तहमा देखिएको प्रवेश लहरले पश्चिम नवलपरासी–१ को चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।

थप समाचार

ताजा खबर