24.2 C
Parāsi
Thursday, November 6, 2025
spot_img

बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १३ यात्रु घाइते

बर्दघाट, नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुबाहक बस बर्दघाट नगरपालिका–५ स्थित शान्तिनगर चोकमा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तका अनुसार दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ, तर मृतकको पहिचान हालसम्म खुलेको छैन।

घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि रुपन्देही पठाइएको छ भने सामान्य चोटपटक लागेका यात्रुहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

थप समाचार

ताजा खबर