13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

भष्ट्राचारि विरुद्ध सबै दल एक ठाउँ उभिएर, भष्ट्राचार विरुद्ध लाग्न पर्ने ,कानुन मन्त्री गुरुङ

माघ १७,

सुशासनका लागि गठबन्धन सरकार कटिबद्ध भएर अगाडी बढेको बताउँदै विगत दशौँ वर्षदेखि मानव तस्करी भईरहेको रहेछ ती तस्करीहरुलाई समेत कानुनी दायरामा ल्याएको र गठबन्धन सरकार भष्ट्राचारीलाई कारवाही गर्नुपर्छ भनेर अगाडी बढिरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताउनुभएको छ ।‘भन्सार बाट पहेलो पद्धार्थ आइरहँदो रहेछ, गठबन्धन सरकारले थाहा पाएपछि अनुसन्धान गरेर माफिया र तस्करहरुको जालो तोडेको पश्चिम नवलपरासीको बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री गुरुङले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरुङले ठुला ठुला भष्ट्राचार काण्डहरु खोल्दै जाँदा ठुला माछा समात्न कठिन भएको र भष्ट्राचारीको कुनै जात, धर्म, लिङ्ग र राष्ट्रियता नहुने हुदा ‘ठुला माछा समाउन सबै दल एक ठाउँ उभिएर, भष्ट्राचार विरुद्ध लाग्न पर्ने बताउनु भयो। देश विकासका लागि सकरात्मक सोच आवश्यक रहने बताउँदै उहाँले सार्वजनिक पद धारण कर्ताहरु बाट भष्ट्राचार विरुद्धको अभियानको सुरुवात हुनुपर्ने बताउनुभयो । ‘सार्वजनिक पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरु नैतिकता र निष्ठाको जगमा उभिएर काम गरियो भने देश बन्न धेरै समय नलाग्ने मन्त्री गुरुङले बताउनुभयो । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको न्यु लाइफ मा।वि।को सञ्चालन र बर्दघाट नगरपालिकाको आयोजनामा बुधबार नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले खेल पनि पढाई भएको बताउँदै खेलका नियमहरु अनुसार खेल खेल्दा सिकाई राम्रो हुने बताउनुभयो । खेलकुदलाई राजनिति प्रति व्यंग्य गर्दै उहाँले संघिय सरकारको खेलले प्रदेशलाई अधिकार नदिएको बताउनुभयो । ‘संघिय सरकारले प्रदेशलाई बलियो बनाउनका लागि कानुन तहः केही अधिकारहरु दिनुपर्नेछ, तर राजनैतिक खेलले पदेश सरकारले अधिकार पाएको छैन ।’ पाठकले भन्नुभयो । संघिय सरकारले प्रदेशका लागि बनाईदिनुुपर्ने कानुन नबनाउँदा प्रदेश सरकार अड्किएको पाठकको भनाई रहेको छ । सो अवसरमा कार्यक्रमका अध्यक्ष समेत रहनु भएका बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले खेलकुदको क्षेत्रमा बर्दघाटले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाईरहेको बताउँदै आगामी दिनमा नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । बर्दघाट नगर उप–प्रमुख रुद्रपकाश उपाध्याय र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरले बर्दघाट नगरपालिका खेल क्षेत्रका लागि उर्जावान क्षेत्र रहेको बताउनुभयो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बर्दघाट नगर भित्रका सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयको सहभागीता रहेको छ । समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका २४ वटा विद्यालयका करिब १ हजार १ सय विद्यार्थीहरुले मार्च पास गरेका थिए । आज बुधबार छात्रछात्राहरुको लङजम्प, ठेलो फाल्ने ९सट पुट०, १५ सय मिटर दौड, रिले दौड, लगायतका खेलहरु सम्पन्न भएको कार्यक्रमका अफिसियल विनोद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झलक सहित खानाका विभिन्न परिकारहरु बनाई खाना महोत्सव प्रर्दशन गरेका थिए । कार्यक्रममा न्यु लाइफ मा।वि। का पुर्व विद्यार्थी राज अधिकारीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको २०२३ ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै द्धितिय स्थान हासिल गरेकोको सम्मान गरिएको थियो । बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीको स्वागत रहेको कार्यक्रमको सञ्चालन न्यु लाइफ मा।वि।का प्रिन्सीपल सन्तोष अधिकारीले गर्नुभएको थियो ।

थप समाचार

ताजा खबर