11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

जिसन नवलपरासीद्धारा शिक्षशिक्षिकाहरुका क्षमता अभिबृद्धि तालिम

जेठ ३१ । पश्चिम नवलपरासीमा शिक्षकशिक्षिकाहरुका लागि क्षमता अभिबृद्धि तथा जनचेतनामूलक तालिम आजदेखि शुरु भएको छ । जिसन नवलपरासीको आयोजनामा शिक्षकशिक्षिकाहरुलाई दक्ष बनाउन कक्षा नर्सरीदेखी युकेजीसम्मका शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरीएको जिसन नवलपरासीका सहसचिव बलिराम यादवले जानकारी दिनुभयो ।

जिसन नवलपरासीका अध्यक्ष डम्मबर बहादुर गुरुङको सभापतित्व तथा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव (रुदल) को प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन गर्दै यादवले तालिमबाट सिकेका सिप शिक्षकशिक्षिकाहरुले व्यवहारमा लागु गरे बालबालिकाहरुको शिक्षामा स्तारोन्नती हुने बताउनुभयो ।

जिल्लाको रामग्राम र सुनवल नगरपालिका र पाल्हिनन्दन गाउँपालिकाका जिसनमा आवद्ध २० वटा विद्यालयका एक सय तिन जना शिक्षकशिक्षिकाहरुको सहभागीता रहेको जिसन नवलपरासीका सचिव यज्ञ प्रसाद न्यौपानेले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने तालिममा दिपा खनाल र प्रतिक्षा पुलामी मगरले सहजिकारण गर्ने जिसन नवलपरासीले जनाएको छ । जिसन नवलपरासीमा कुल ४६ वटा विद्यालय आबद्ध रहेको जिसनका उपाध्यक्ष सन्देश ढुगानाले बताउनुभयो ।

थप समाचार

ताजा खबर