40.2 C
Parāsi
Friday, May 3, 2024
spot_img

आज देखि सुनवलमा महिला पत्रकारहरुको लागी क्षमता अभिवृद्धि तालिम सुरु

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा आज देखि महिलापत्रकारहरुको लागी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। तालिममा ४० जाना प्रशिक्षार्थीले भाग लिएका थिए। तालिमको पहिलो दिन आज कान्तिपुर मिडिया गू््रप कि लुम्बिनी ब्युरो प्रमुख सन्जु पौडेलले समाचार लेखनको तरिका बारे सहजिकारण गर्नु भएको थियो। यो कार्यक्रम जेठ् १२ गते सम्म संचालन हुनेछ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले समाज रूपान्तरणका लागि धेरै कुरालाई सहकार्य गर्दै जिम्मेवारीका साथ अगाडी बढ्नु पर्ने बताउदै नगरप्रमुख अर्यालले वास्तविक कामको समाचार सम्प्रेषण गर्ने र नराम्रा कामलाई सुझाव दिनु पर्ने कुरामा जोड दिनु भयो । महिलापत्रकारहरु लाई निश्पक्ष तरिकाले समाचार लेख्न र समाजका हरेक गतिविधिमा आफु सक्षम र अब्बल नारिको रूपमा चिनिन सक्नु पर्छ भन्ने कुरामा जोड दिदै हरेक क्षेत्रमा महिला हरुलाइ समान अबसर दिनु पर्छ भन्ने कुरा बताउनु भयो।
सोहि कार्यक्रममा सुनवल नगरपालिकाको नगर उपप्रमुख सुर्य प्रसाद दुबेले पत्रकार साथीहरूले हुदै नभएका कुराहरुको प्रचार प्रसार गर्नु भन्दा नगरपालिकाले गरेका र गर्न लागेका योजना र कामहरुको सत्य तथ्य कुरा जनता माझ ल्याउन जोड दिनू भयो ।
सोही कार्यक्रमको यद्देश्य माथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासिका अध्यक्ष हरि शर्माले नवलपरासिमा रहेका महिलापत्रकारहरुले पत्रकारितामा काम गर्दा बिभिन्न चूनौतिका बिच समस्याहरुको सामना गर्दै काम गर्नू परेको बताउनु भयो र उहाले महिलापत्रकारहरु लाइ आफ्ना समस्याहरु खुलेर बाहिर ल्याउनुपर्ने  र आफूले भोगेका शोषणहरुको पनि खुलेर सामना गर्नू पर्ने बताउनु भयो ।

थप समाचार

ताजा खबर