24.3 C
Parāsi
Saturday, April 4, 2026
spot_img

नवलपरासी सुनचादी ब्यवसायी संघ रामग्राम नगरकमिटिले गर्यो सहयोग

२७ चैत ,परासी

रामग्राम नगरपालिकाले स्थापना गरेको कोरोना विरुद्धको राहात कोषका लागि नवलपरासी सुनचादी ब्यवसायी संघ रामग्राम नगरकमिटले रु ५१०००  एकाउन्न हजार रुपैयाँ प्रदान गरेको छ ।
नवलपरासी सुनचादी ब्यवसायी संघ रामग्राम नगरकमिटि काअध्यक्ष राजु सुनारले  सो रकम राहत कोषका लागि सहयोग गरेको हो र  उक्त सहयोग रकमको चेक रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता  लाई आज  बिहिबार हस्तान्तरण गरे ।

देश कोरोनाको महामारीसंग जुधिरहेको अवस्थामा  संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बोध गर्दै सहयोग गरिएको रामग्राम सुनचादी ब्यवसायी संघ नगर कमिटिका अध्यक्ष राजु सुनारले बताए । सहयोग रकमको चेक ग्रहण गर्दै रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता ले कोरोना भाइरस कोभिड –१९ को महामारीसंग जुध्नका लागि नवलपरासी सुनचादी ब्यवसायी संघ नगर कमिटिले  आफ्नो दायित्व सम्झेकोप्रति धन्यवाद व्यक्त गरे ।
सो रकम रामग्राम नगरपालिका कार्यालयमा पुगेर  हस्तान्तरण गरिएको हो ।

थप समाचार

ताजा खबर