27.8 C
Parāsi
Saturday, May 2, 2026
spot_img

पहिलो चरणको राहत वितरण कार्यक्रम बुधबार देखि रामग्राम नगरपालिकाले गर्यो सुरु

परासी २६ चैत
दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई वडा मार्फत पहिलो चरणको राहत वितरण कार्यक्रम बुधबार देखि रामग्राम नगरपालिकाले सुरु गरेको छ । राहत वितरणका लागी प्रत्येक वडामा बनेको वडास्तरीय समतिमा मार्फत वितरण गर्ने गरि राहत वितरण कार्यक्रमलाई अगाडि वढाइएको छ । बुधबारदेखि सुरु गरिएको राहत वितराण कार्यक्रममा रामग्राम नगरपालीकाको सवै १८ वटै वडाबाट २३ सय घरधुरी राहतको लागी छनोट भई आएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागी रामग्रमनगरपालिकाले सुरु देखिनै लकडाउनलाई व्यवस्थीत पार्दै यस अवधिमा दैनिकि गरेर खाने मजदुर गरिवलाई राहत वितरणका लागी वनेको वडा स्तरीय समिति मार्फत राहत वितरण गर्न थालिएको गुप्ताले बताए । नगरभित्रका मजदुर गरेर खाने गरिव विपन्नहरुलाई वडा मार्फत राहत वितरण गर्दै गर्दा रामग्राम नगरपालिकालाई सहयोग गर्ने विभिन्न संघसस्था उद्योगी व्यवसायी कर्मचारीहरुलाई२३००घरधुरीमा वडा मार्फत राहत वितरणको पहिलो चरणको काम सुरुवात भएको गप्ताले जानकारी दिए । पहिलो चरणमा रामग्राम नगरपालिकाले १ देखी १३ वटा सम्म राहत बितरण गर्ने कार्य सुरु भएको गुप्ताले बताए । पहिलो चरणको राहत सकिन्ने लगतै १४ देखी १८ वडामा राहत बितरणगर्ने रामग्राम नगरपालिकाको उपप्रमुख रम्भा कुवारले बताईन । नेपाल सरकारको मापदण्डअनुसार नै नगरपालिकाले राहात बितरण गर्दा परिवार संख्याका आधारमा २ किसिमबाट बितरण कार्यक्रमलाई अगाडि वढाइएको गुप्ताले बताए । जसअनुसार परिवार संख्या ४ जनाको एक परीवार मानेर परिवारलाई पुरै राहात पाउनेछन् । राहतमा ४ जान परीवारकोमा पाउन राहत १० किलो चमल,दाल १ किलो ,तेल आधा लिटर सोयाबीन आधा किलो ,नुन १ किलो ५ कीलो चमल थप गरेर राहत बढने गुप्ताले बताए । नगरप्रमुख गप्ताले भने राहत बितरण कुनै राजनितीक स्वार्थ र व्यक्ति बिशेषको अधारमा नबाढने बताउदै नगरपालिकामा आएको तथ्याडक अनुसार नै स्वच्छ निस्र्वाथ रुपमा र दैनिक मजदुरी गरेर खाने अतिबरीब बिपन्न बर्गाहरुलाई बितरण गर्ने बताए । यस्तै रामग्राम नगरपालिकाको राहत कोषमा नगरपालिकामा रहेका कर्चचारीहरुले दुई लाख ९हजार ,नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्यका कर्मचारीहरुले ९९ हजार राहत कोषमालाई हतस्नतरण गरेको जानकारी दिए ।नेपाली काँग्रेस जिल्ला कार्यसमितीले ५० क्युबिन्टल र ईटा व्यवसायी समीतीले ५१ हजार राहत रुवरुप नगरपालिकाको राहतकोषलाई दिएको गुप्ताले बताए ।

थप समाचार

ताजा खबर