27.8 C
Parāsi
Saturday, May 2, 2026
spot_img

रामग्राम नगर स्तरीय चौँथो आधारभूत तह अन्तर विद्यालय रनिंग सिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न

परासी, २४ माघ ।
रामग्राम नगर स्तरीय चौँथो आधारभूत तह अन्तर विद्यालय रनिंग सिल्ड प्रतियोगिता आज जनता मा वि डैनहवा रामग्राम–१४ मा नगर प्रमुख नरेन्द्र प्रसाद गुप्ताको प्रमुख आतित्यता मा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । जसमा पवन मा वि परासी प्रथम , जनता मा वि डैनहवा दोश्रो र जनता मा वि देवगाउँ तेस्रो भएका छन ।आज एक समारोहका बीच रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले प्रतियोगिताको समापन गर्नुभयो ।जसमा १ देखि १८ न का वार्ड अध्यक्ष र कार्यपालिका सदस्य को पनि सहभागिता रहेको थियो ।

नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको पनि नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।

रामग्राम नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयका विद्यार्थीहरु सहभागिता रहेको थियो ।

थप समाचार

ताजा खबर