27.8 C
Parāsi
Saturday, May 2, 2026
spot_img

आज रामग्राम नगरपालिका वडा नं २ मा नि:शुल्क आँखा शिविर कार्यक्रमको उदघाट्न

रामग्राम नगरपालिकाका नगर प्रमुख श्री नरेन्द्र कुमार गुप्ता ज्यु को प्रमुख आतिथितामा आज रामग्राम नगरपालिका वडा नं २ मा नि:शुल्क आँखा शिविर कार्यक्रमको उदघाट्न गरिएको छ । सिबिरमा वार्ड न २ का वार्ड अध्यक्ष चन्द्रिका अग्रहरी को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो ।
नवलपरासी को परासी रामग्राम नगरपालिका वडा नं। २ पवन मा बि मा भएको एक दिने निःशुल्क आँखा शिबिर बाट करिब १ सय ६५ जनाले सेवा लिएका छन । रामग्राम नगरपालिका र बिनोद निता कंडेल आँखा अस्पताल परासी नवलपरासीको संयुक्त आयोजनामा सो सिबिर सम्पन्न भएको हो ।
शिबिरमा निःशुल्क रुपमा रु १५००० को औषधि र २५ वोटा चस्मा पनि बितरण गरिएको छ । शिबिरमा रामग्राम नगरपालिकाका नागरिकहरुको सहभागीता रहेको थियो । शिबिरबाट १२ जनालाई मोतियाबिन्दु को निःशुल्क शल्यक्रियाका लागि बिनोद निता कंडेल आखा अस्पताल रेफ़र गरिएको अस्पताल का बेवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिनु भयो । शिबिरमा बिनोद निता कंडेल आँखा अस्पतालका बरिस्ठ डाक्टर राधिका यादव ,सुमन्त यादव लगाएतको टोलिले चेकजाँच गर्नु भएको थियो । सिबिरबाट शल्यक्रिया गर्नु पर्ने ब्यक्तिहरुको बिनोद निता कंडेल आँखा अस्पतालमा निःशुल्क रुपमा हुने तुलसी प्रसाद पराजुलीले जानकारि दिनु भयो।

थप समाचार

ताजा खबर