30.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

मौसममा क्रमिक सुधार हुँदै, दिउँसो सामान्य बदली हुने

माघ ४ गते

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईहेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले शनिबार विहान जारी गरेको मौसमी बुलेटिनमा विहान देशभर आंंशिकदेखि सामान्य बदली भई एक दुई स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराई भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै शनिबार राती देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
त्यस्तै आइतबार दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ भने राती देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
यसै गरी सोमबार दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

त्यस्तै राती आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

थप समाचार

ताजा खबर