30.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

नेपाल पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीको १४ औ बार्षिक साधारण सभा सम्पन्न ।

नेपाल पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीको १४ औ बार्षिक साधारण सभा आज सुनवल १२ भुमहिमा सम्पन्न भएको छ । नेपाल पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीका अध्यक्ष खेमकान्त भट्टाईको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघ केन्द्रिय सहसचिव रामदेव पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले पुस्तक बिक्रिको सिजन अव सुरु हुन लागेकोले कसरि व्यवस्थित र मर्यादित बनाउने भन्ने बारेमा ध्यान दिनुपर्ने बताउदै हाल व्यवसायिमा संगठन प्रति बितृष्णा बढेको बताउदै नवलपरासीमा भने संगठन मजबुत रहेकोमा धन्यबाद व्यक्त गरेका थिए । व्यवसायिले स्वच्छ रुपमा प्रतिष्पर्धा गरेमा व्यवसायमा सफलता मिल्ने बताउदै अवैध रुपमा बिक्रि बितरण हुने पुस्तक र बेच्ने व्यापारीलाई कारवाहि हुनुपर्ने माग गर्दै आफुहरु नाफा गर्ने व्यवसायमा लागेको नभई ज्ञान प्रदान गर्ने व्यवसायमा लागेकोमा गर्व गर्नुपर्ने बताएका थिए ।
सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा उद्योग बाणिज्य संघ सुनवलका उद्योग उपाध्यक्ष रामबहादुर क्षेत्रि, सस्थापक सदस्य सुवाष चन्द्र जिसी, सचिव दुर्गा पंगनी, पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघ रुपन्देहिका अध्यक्ष त्रिलोचन ज्ञवाली, प्रदेश ५ का सहसचिव रामु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

ताजा खबर