नवलपरासी सुनचादी ब्यवसायी संघ बर्दघाट सुस्ता पश्चिमको चौथो साधारण सभा शनिबार सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । नवलपरासी सुनचादी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनारको अध्यक्षता एंवम् नेपाल सुनचादी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सुनचादी ब्यवसायी संघ नवलपरासी का उपाध्यक्ष लवकुश वर्माले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र सुनारले अध्यक्षको प्रतिवेदन प्रस्तुत गनुभएको थिया भने महासचिव कुल्दिप कुमार स्वर्णकारले संस्थाको गतिविधी एंवम् भावी योजना र कोषाध्यक्ष धन बहादुर वि.क.ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जस अनुरुप संस्थाले १४ लाख ६२ हजार ३ सय ४८ जम्मा आम्दानीबाट ११ लाख ७० हजार ६ सय २० खर्च कटाएर २ लाख ९१ हजार ७ सय २८ रुपिया बचत गर्न सफल भएको छ । कार्यक्रममा नेपाल सुनचादी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्य , नेपाल सुनचादी ब्यवसायी महासंघका उपअध्यक्ष तथा प्रदेश नं ५ का संयोजक प्रेम सेन्चुरी , ने.क.पा.जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाल सुनचादी ब्यवसायी महासंघका सचिव विक्रम यादव, महासंघका उपाध्यक्ष अर्जुन रसाईली, उपअध्यक्ष विपिन रामदाम लगाएत केन्द्रिय सदस्यहरु, प्रदेश नं ५ का जिल्ला अध्यक्ष, सदस्य तथा पदाधिकारीहरु, छिमेकी जिल्लाका अध्यक्ष एंवम् पदाधीकारी, नवलपरासी सुनचादी ब्यवसायी संघका सल्लाकारहरु,समाजसेवी बृद्धिजिवी, विभिन्न संघसस्थाका प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

