मालपोत कार्यालय पश्चिम नवलपरासीबाट बुधबार एक कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । भुमिसुधार शाखा कार्यालयका खरिदार नेत्र बहादुर चौधरी लाई नगद ४० हजार घुस रकमसहित पक्राउ गरेको हो । जग्गासम्बन्धि मोहीको जग्गा बाँडफाड मिलाइदिने भन्दै घुस लिदै गर्दा खरिदार चौधरीलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । पक्राउ गरिएका चौधरीलाई बुटवलमा रहेकाे अख्तियारकाे कार्यालयमा लगिएको छ ।

