पुस १९ ,परासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नँ २ को आयोजनामा हिजो रामग्राम नगरपालिका भित्र रहेका जेष्ठ नगरीक र एकल महिलाहरुलाइ एक कार्यक्रमका बिच सम्मान तथा कम्मल बितरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रामग्राम नगरपालिका वार्ड न २ भित्र रहेका १६० जना जेष्ठ नागरीक र एकल महिलाहरुलाइ सम्मान तथा कम्मल बितरण गरीएको हो । जसमा रु एक लाख बराबर को जेस्ठ नागरिकलाइ र रु एक लाख बराबर को एकल महिलाहरुलाइ कम्मल वितरण गरिएको हो । कार्यक्रममा कार्यपालिका वडा सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा १६० जना जेष्ठ नागरीक र एकल महिलाहरुलाइ कम्मल बितरण गरीएको रामग्राम नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष चन्द्रिका अग्रहरीले जानकारी दिनु भएको छ ।

