39.4 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

नवलपरासी मालपोत कार्यालय प्रमुख बिहिनहुँदा सेवाग्राही मर्कामा

पुष ९ परासी । पश्चिम नवलपरासीको मालपोत कार्यालयमा प्रमुख मालपोत अधिकृत लगायत दरबन्दी अनुसारको कर्मचारी पदपुर्ति नहुदा कार्यालयको दैनिक कामकाज प्रभाबित हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन ।

कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुदा यसको ब्यवस्थापन र कर्मचारी पदपूर्तिको लागि मालपोत विभाग र भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयमा जिल्ला प्रशासन कार्यालयमा मालपोत कार्यालय मार्फत अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मरासिनिले जानकारी दिनुभयो। यस्तै गरी लेखापढी व्यवसायीले सेवाप्रवाहलाई सहजीकरण गर्न संस्थागत तोकिएको पारिश्रमिक भन्दा बढी नलिई सेवाग्राहीको कामकाज गर्नुको साथै कार्यालयभित्र सेवाग्राही स्वयंमलाई पठाउने र तोकिएको पारिश्रमिक भन्दा बढी शुल्क लिने गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत बैठकले निर्णय गरेको छ ।

सेवाग्राहीको कामकाजलाई सहज बनाउन अवदेखि टोकन प्रणाली मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने तर्फ कार्यालयले आवश्यक पहल गर्ने जनाएको छ । मालपोत कार्यालयको निर्माणाधिन नयाँ भवनमा यथाशिघ्र कार्यालय संचालन गर्ने व्यवस्था मिलाउने तर्फ पहल गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मालपोत कार्यालयमा दैनिक कामकाजमा सहजता
ल्याउन राजनीतिक दल, नागरिक समाज एवं सरोकारवाला
सबैले आवश्यक सहयोग गर्न पनि बैठकले आह्वान गरेको छ ।
छलफलमा जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

थप समाचार

ताजा खबर