39.4 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

चिनी उद्योगमा तालाबन्दी र धर्ना

परासी, ९ पुस ः सहमतिअनुसारको रकम भुक्तानी नगरेको भन्दै पश्चिम नवलपरासीका उखु किसानहरुले इन्दिरा चिनी उद्योगमा तालाबन्दी गरी धर्ना दिएका छन् । भुक्तानी नगरेको भन्दै यसअघि पनि किसानहरुले उद्योगमा तालाबन्दी गरेका थिए । उद्योगले भुक्तानी नगरेपनि प्रशासन कार्यालयले उद्योगमा लगाएको ताला खोलेको भन्दै किसानहरुले बुधबार उद्योगमा पुन तालाबन्दी गरेर धर्ना दिएका हुन् । उद्योगले दुई वर्षअघिदेखिको १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक ३० लाख रुपैयाँका दरले भुक्तानी गर्ने सहमति जनाएपनि उद्योगले रकम नदिएकाले पुनः तालाबन्दी गरी धर्ना दिइएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए । सरकारमा रहेका मन्त्रीको दबाबमा प्रशासनले ताला खोलेको किसानहरुको आरोप छ । सहमतिअनुसारको रकम भुक्तानी प्रकृया अघि नबढाएसम्म ताला खोल्न नदिने अध्यक्ष यादवले बताउनुभयो । भुक्तानीका लागि हरेक वर्ष उद्योगमा तालाबन्दी हुँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले भुक्तानी दिन सुरु गरेकाले ताला खोलिएको बताए । ३ दिनअघिबाट दैनिक ९ लाखका दरले भुक्तानी गर्न सुरु गरेको मरासिनीले बताए । पहिलो चरणमा भुक्तानी गर्न सुरु गरेकोले क्रमशः बढाएर भुक्तानी गर्न लगाउने र तालाबन्दीले किसानलाई नै नोक्सानी हुने प्रजिअ मरासिनीको भनाई छ ।
उखु क्रसिङ्गको समय सुरु भइसक्दा पनि जिल्लाका उद्योग सञ्चालन हुन सकेका छैनन् । मंसिरको अन्तिम साताबाट उद्योग सञ्चालन गर्ने सञ्चालकहरुले सहमति गरेका थिए । तर अहिलेसम्म उद्योग सञ्चालन नहुँदा क्रसर उद्योगमा (भेली उद्योग)। उखु बेच्न किसानहरु बाध्य छन् ।

थप समाचार

ताजा खबर