28 C
Parāsi
Tuesday, August 18, 2026
spot_img

काङ्ग्रेसको जागरण अभियान सकियो

परासी, ७ असोज ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत नवलपरासीमा दोस्रो चरणको जागरण अभियान जिल्ला स्तरीय बिरोध सभा गरि समापन गरिएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाको सदरमुकाम शान्तिचौर बाट बिशाल बिरोध र्याली निकाली शक्ति प्रदर्शन गर्दै जागरण कार्यक्रम मनाइएको हो।

काङ्ग्रेसद्वारा शातिचौर बाट बर्तमान सरकारको बिरोध गर्दै निक्लेको बिशाल बिरोध रयाली बुधचोक हुँदै पोखरापालि स्थित कोणसभामा परिणत भएको छ। रयालीमा प्रदेश, छेत्र, गाउँ कार्यसमिति र विभिन्न भातृ संगठनहरुको सकृय सह्भागिता रहेको छ।

नेका जिल्ला कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेलको अध्यक्षतामा भएको सभामा नेपाली काङ्ग्रेसका पुर्ब सान्सद सन्तु कलवार, बिक्रम खनाल, जिल्ल सचिब बिक्रम यादब, नेका प्रबक्ता कुलदीप आचाॠ,महासमिति सदस्य एव सुन्वल नगरपालिका मेयर भरत थापा, प्रदेश क सभापति अमृत जिसि, छेत्र २ सभापति एव रामग्राम नगरपालिका मेयर नरेन्द्र गुप्ता लगायतले सम्बोधन गरेका हुन।

सभा सम्बोधन गर्दै बक्ताले बढ्दो भ्रष्टाचार, कालो बजारी, हिन्सा र शैक्षिक माफियालाइ नियन्त्रण गर्न माग गर्दै कम्न्युषिट सरकार सरकार चलाउन असक्षम रहेको आरोप लगाए।

भाद्र २४ गतेदेखि संचालित उक्त जागरण अभियान जिल्लाको विभिन्न ठाउमा हुँदै आज जिल्ला स्तरीय बिरोध सभा कार्यक्रम गरि जागरण अभियान सकिएको हो।

थप समाचार

ताजा खबर