काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ ।
श्रीलंकामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । नेपाल सन्दीप जोरा र पवन शरार्फले उत्कृष्ट प्रदर्शन गरे ।
टेष्ट राष्ट्र बंगलादेशविरुद्ध नेपाली ओपनर ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर् । गौतम ३२ रनमा आउट भए । तर पवनले सम्हालिएर कुशल मल्लसँग ३९ रनको साझेदारी गरे ।
नेपाली कप्तान रोहितकुमार पौडेलसँग उनले १४ रनको साझेदारी गरे । त्यसपछि सन्दीपसँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए । त्यसअघि कुशल २८, रोहितकुमार १४ रनमा आउट भएका थिए ।
सन्दीपले ३७ बलमा ५६ रन बनाएर पेभेलियन फर्किए । २ सय ६२ रनको विजयी लक्ष्यसहित केहीबेरमा बंगलादेशले जवाफी व्याटिङ गर्नेछ ।