काठमाडौं । आज (आइतबार) श्रीलंकामा जारी १५ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल जित्नैपर्ने दबाबका बीच मैदान उत्रँदैछ ।
आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग डिएल पद्धतीका आधारमा पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन जित्नुपर्ने दबाबमा छ ।
आइतबार सवा १० बजे सुरु एसिसी यु–१९ खेलमा नेपालले बंगलादेशको सामाना गर्नेछ । पहिलो खेलमा व्यहोरेको पराजयले दबाबमा परेको नेपालले समूह चरणको अन्तिम खेल मंगलबार युएईसँग खेल्नेछ ।