13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

एसीसी १९वर्षमुनिको क्रिकेटः पाकिस्तान विरुद्व भारत ६० रनले विजयी

एसीसी यू–१९ एसिया कप अन्तरगत पाकिस्तान विरुद्वको खेलमा भारत ६० रनले विजयी भएको छ ।

३०६ रनको लक्ष्य पच्छाएका पाकिस्तानले ४६.४ ओभरमा सवै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका कप्तान रोहेल नाजिरले ११७ रनको पारी खेले पनि जितलाई पर्याप्त भएन । त्यस्तै हरिस खानाले ४३, अब्दुल बंगालजाईले १५ तथा मोहम्मद आमिरले १२ रनको बनाएपनि जितकालागि सम्भव भएन ।

पाकिस्तानलाई कम योगफलमा समेट्ने क्रममा भारतका अथर्व आकोलेकरले तीन तथा विध्याधर पाटिल र शुशान्त मिश्रले समान २–२ विकेट लिए ।

यसअघि टाइरोर्न फर्नाण्डो स्टेडियम, मोराटुवामा टस जितेर पहिले व्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै ३०५ बनाएको थियो । । भारतका अर्जुन आजाद र तिलक वर्माले शतक बनाए । अर्जुन आजादले सर्वाधिक १२१ रन तथा तिलक वर्माले ११० रन बनाए ।

प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा आजादले १११ बलको सामना गर्दै ११ चौंका र ४ छक्का प्रहार गरे । यस्तै शनिबार भएको अर्को खेलमा अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेका भारत र अफगानिस्तान एसिया कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार हुने दुई देशबीचको विजेताले समूहको शिर्ष स्थानको टुंगो लाग्नेछ ।

समूह ए मा भारत र अफगानिस्तानको समान चार–चार अंक भएपनि अफगानिस्तान रनरेटको आधारमा पहिलो स्थानमा रहँदा भारत दोस्रो स्थानमा छ । यसैगरी पाकिस्तान र कुवेतले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

थप समाचार

ताजा खबर