13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

राफेल नाडाल युएस ओपन टेनिसको फाइनलमा

एजेन्सी । स्पेनिस ३३ वर्षीय टेनिस खेलाडी राफेल नाडाल जारी युएस ओपन टेनिस-२०१९ को फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार सम्पन्न सेमिफाइनलमा नाडालले इटालीका मार्को बेरेट्टिनीलाई ७–६(८–६), ६–४ र ६–१ को सेटमा पराजित गरे ।

इटालीका मार्को बेरेट्टिनी सन् १९७७ पछि युएस ओपनको सेमिफाइनल पुग्ने पहिलो खेलाडि हुन् । उनले फ्रान्सका गेल मोनफिल्सलाई क्वाटरफाइनलमा ३–६,६–२,६–२,३–६ र ७–६(७–५) को सेटमा पराजित गरे ।

फाइनलमा नाडाले डेनियल मेडभेसँग खेल्नेछ । डेनियल सेमिफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई ७–६ (७–५),६–४ र ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।

थप समाचार

ताजा खबर