
राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि सक्रिय भिम बहादुर थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्षसमेत हुनुहुन्छ। उहाँले निजी क्षेत्रको हकहितका विषय उठाउनुका साथै जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनुभएको थियो। यही कारण युवा र व्यवसायी समुदायमा उहाँको राम्रो पकड देखिन्छ।
यसपटकको निर्वाचनमा थापाले ‘भौतिक विकास र आर्थिक रूपान्तरण’ लाई मुख्य एजेण्डा बनाउनु भएको छ। रणनीतिक सडक कालोपत्रे, नयाँ सडक सञ्जाल विस्तार, कृषि बजार तथा शीतभण्डार स्थापना, औद्योगिक वातावरण निर्माण गरी स्थानीय रोजगारी सिर्जना तथा शिक्षा–स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार सुदृढीकरण उहाँका प्रमुख प्रतिबद्धता रहेका छन्।
मिलनसार र स्पष्ट वक्ताका रूपमा परिचित थापाको उम्मेदवारीले विशेषगरी युवा मतदाताहरूमा उत्साह थपिएको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय उहाँले जनताको विश्वास जित्दै क्षेत्र नं. २ लाई विकासको नमुना बनाउने दाबी गर्नुभएको छ।आज रामग्राम ४ ,७ र ९ को घर दैलो कार्यक्रम गर्ने क्रममा उहाले उक्त कुरा बताउनु भएको थीयो ।

