परासी, माघ २३
नेपाल नेत्रज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीको प्राविधिक सहयोग तथा राज ब्रुअरी प्रा. लि.को आर्थिक सहयोगमा हिजो माघ २३ गते शुक्रबार निःशुल्क कार्यस्थल आँखा शिविर (Workplace Eye Camp) सम्पन्न गरेको छ।
शिविरमा आँखा अस्पतालको प्राविधिक टोलीद्वारा राज ब्रुअरीमा कार्यरत १ सय ९९ जना श्रमिकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आवश्यक परेका श्रमिकहरूलाई निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको अस्पतालले जनाएको छ।
श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आयोजना गरिएको यस शिविर सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुर्याएकोमा राज ब्रुअरी प्रा. लि.प्रति आयोजकले विशेष धन्यवाद व्यक्त समेत गरेका छन्।

