नवलपरासी — नेपाल नेत्र ज्योति सङ्घ, डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले ३६ वर्षदेखि नवलपरासी तथा आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय, सुलभ र विश्वासिलो आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ। सोही सेवाको विस्तार स्वरूप अस्पतालले आजदेखि Vitreo-Retina Services (आँखाको पर्दा सम्बन्धी उपचार सेवा) नियमित रूपमा सुरु गरेको छ।
अस्पतालमा पूर्णकालीन Vitreo-Retina Surgeon का रूपमा डा. महेश प्रसाद साहलाई स्वागत गर्दै सेवा उद्घाटन गरिएको हो। अब नवलपरासी, छिमेकी जिल्लाहरू तथा भारतका सीमावर्ती उत्तर प्रदेश र बिहारका सेवाग्राहीले एउटै केन्द्रबाट उन्नत र सुरक्षित Retina उपचार पाउने भएका छन्।
सेवा शुभारम्भको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ, नवलपरासी शाखाका सभापति देवेन्द्र राज कण्डेलको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा डा. साहको स्वागत, सम्मान तथा औपचारिक परिचय गराइएको थियो।
पहिले Retina सम्बन्धी जटिल रोगहरूको उपचारका लागि काठमाडौंबाट बुटवलजस्ता ठूला शहर धाउनुपर्ने बाध्यता रहेको अवस्थामा परासीमै यो सेवा सुरु हुनु क्षेत्रकै लागि ठूलो उपलब्धि भएको अस्पतालले जनाएको छ। यसले उपचार पहुँच, समय, खर्च तथा सेवाग्राहीको विश्वासलाई अझ मजबुत बनाएको छ।
साढे तीन दशकदेखि निरन्तर उत्कृष्ट आँखा सेवा प्रदान गर्दै आएका अस्पतालले सुरु गरेको Retina Services ले सेवा दायरा, प्राविधिक क्षमता र समुदायप्रतिको प्रतिबद्धतालाई नयाँ उचाइमा पुर्याएको छ। आधुनिक र विशिष्ट सेवा अब घर doorstep मै उपलब्ध हुनु अस्पताल मात्र होइन, समग्र क्षेत्रकै गर्वको विषय बनेको छ।

