21.2 C
Parāsi
Tuesday, December 16, 2025
spot_img

पवन माविका १० जना छात्रालाई एक लाख पाँच हजार बराबरको छात्रावृत्ति वितरण

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ मा अवस्थित पवन माध्यमिक विद्यालयका छात्रा विद्यार्थीलाई एक लाख पाँच हजार रुपैयाँ बराबरको छात्रावृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का गरिब तथा विपन्न वर्गका १० जना छात्रालाई प्रति जनासम्म १० हजार पाँच सय रुपैयाँका दरले छात्रावृत्ति प्रदान गरिएको विद्यालयका सूचना अधिकारी तोरेन्द्र जिसीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक शालिकाराम लामिछानेका अनुसार आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले छात्रावृत्ति वितरण गरिएको हो ।

उक्त छात्रावृत्ति परासीकी समाजसेवी तथा पवन माविकी कक्षा १२ की विद्यार्थी सरिता पौडेलको पहलमा उनको परिवारका सदस्यहरूले संकलन गरेको रकमबाट प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिन्द्रेश हरिजन र समाजसेवी सरिता पौडेलले संयुक्त रूपमा छात्रावृत्ति वितरण गरेका थिए ।

छात्रावृत्ति वितरण गर्दै पौडेलले भनिन्, “मेरो परिवारका केही सदस्य अमेरिका बसोबास गर्छन् । हाम्रो परिवारका केही सदस्य आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको अनुभव भएकाले अब कुनै पनि विद्यार्थी आर्थिक कारणले पढाइबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो।”

उनका अनुसार अमेरिकामा रहेका परिवारका सदस्यहरूले संकलन गरी पठाएको एक लाख पाँच हजार रुपैयाँ रकमबाट छात्राहरूलाई छात्रावृत्ति र प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

गत वर्ष पनि सोही विद्यालयका कक्षा ११ र १२ का १५ जना छात्रालाई एक लाख ५७ हजार पाँच सय बराबरको छात्रावृत्ति वितरण गरिएको पौडेलले जानकारी दिइन् ।

थप समाचार

ताजा खबर