20.9 C
Parāsi
Friday, October 10, 2025
spot_img

रक्तदान सचेतना कार्यक्रम सम्पन्न

युवाहरुलाई रक्तदानप्रति प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजना तथा पाल्ही क्याम्पसको सहआयोजनामा आयोजित कार्यक्रममा विद्यार्थी तथा प्राध्यापकलाई रक्तदानको महत्व, प्रक्रिया र फाइदाबारे जानकारी गराइएको हो ।

रक्तदाता समाजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता र क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका परियोजना संयोजक अनुप खड्काले सहजीकरण गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख दीपक अर्याल, उपाध्यक्ष प्रभा ज्ञवाली, स्ववियू सभापति नीरज धवललगायतले रक्तदानलाई जीवनदान भन्दै युवाहरुलाई नियमित रक्तदान गर्न आग्रह गरेका थिए ।

आगामी असोज ५ गते हुने रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित सचेतना कार्यक्रममा अध्यक्ष पाठकले स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्ने बताउँदै रगतदान नै सबैभन्दा ठूलो दान भएको उल्लेख गर्नुभयो ।

थप समाचार

ताजा खबर