20.9 C
Parāsi
Friday, October 10, 2025
spot_img

प्रदेश सरकारले प्रदेश भरि २५ लाख खाली जग्गामा बृक्षारोपण गर्ने

पश्चिम नवलपरासी — लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले जलबायु परिवर्तनको असर न्यूनीकरण गर्न खाली जग्गामा वृक्षारोपण अत्यावश्यक रहेको बताएका छन्। पश्चिम नवलपरासीमा  आयोजित हिजो भएको बुद्ध शान्ति साझेदारी वन उपभोक्ता समूहको छैठौं साधारण सभामा उनले वृक्षारोपण गर्नेहरूलाई प्रदेश सरकारले निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

उनले प्रदेशभर २५ लाख खाली जग्गामा वृक्षारोपण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको बताए। मन्त्री कलवारका अनुसार स्थानीय तह र सबै नागरिकलाई सचेत बनाएर वृक्षारोपणमा सहभागी गराउने योजना सरकारको छ।

कार्यक्रममा समूह अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले २०७८–८२ का वर्षमा पुनरुत्पादन कटान अन्तर्गत ७१४ रुख काटी २९,५९१ क्युफिट काठ संकलन भई १ करोड ६८ लाख आम्दानी भएको जानकारी दिए। समूहले कूल २ करोड २७ लाखको आर्थिक कारोबार गरेको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसहित विभिन्न निकायका अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूले सामुदायिक वन संरक्षणमा सबैको जिम्मेवारी आवश्यक रहेको धारणा राखे।

थप समाचार

ताजा खबर