40 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

जोखिममा नवलपरासी जिल्ला,चालू आर्थिक वर्षमा ९जनामा औलो रोगका बिरामी भेटिए।

विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शुक्रवार विश्व औलो दिवस २०८२ को अवसरमा स्वास्थ्य कार्यालय नवलपरासीले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ ।
स्वास्थ्य कार्यालय नवलपरासीले पुनर्लगानी पुनर्साेच र पुर्नजागरण हामीबाटै ओैलाे निवावरण भन्ने नारा सहित सञ्चारकर्मीहरू र सराेकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि विश्व औलो दिवस मनाएको हो ।

स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया इन्स्पेक्टर देवीलाल पौडेलले जिल्लामा औलो अवस्थाको बारे तथ्याङ्क सार्वजनिक गरेका थिए । उनको अनुसार चालू आर्थिक वर्षमा ९जनामा औलो रोगका बिरामी भेटिएको जानकारी दिए । पौडेलले भने गत वर्षमा १६ जनामा औलो भेटिएको बताए ।

चालुबर्षमा सबैभन्दा रामग्राम नगरपालिकामा ४ जना ओैलाे राेग सक्रमित भेटिएकाे इन्स्पेक्टर पाैडेलले बताए । उनकाे अनुसार बर्दघाट नगरपालिकामा ३ जना र सुनवल २ जना ओैलाे राेग सक्रमित भेटिएकाे जानकारी दिए ।चालुबर्षमा पाल्हीनन्दन,सुस्ता प्रतापपुर सरावल गाउँपालिका ओैलाे राेग सक्रमित नभेटिएकाे स्वास्थ्य कार्यालय नवलपरासीले जनाएकाे छ ।

स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अगद बहादुर शाहीले

औलो रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै लामखुट्टेका ४ सय ३० प्रजातिका लामखुट्टे रहेकोमा ४३ जातका लामखुट्टेले औलो सार्ने सक्ने बताए ।

अहिलेसम्म नेपालमा ४ प्रकारका लामखुट्टेको टोकाइले औलो सारेको पाइएको भनाई थियो । नेपाल सरकारले सन २०२५ मा स्थानीय औलोलाई शून्यमा राख्ने र बाहिरबाट आएकालाई नियन्त्रण गर्ने लक्ष्य राखेको थियो तर आजसम्मको अवस्था हेर्दा यो लक्ष्य पूरा नहुने देखिन्छ ।

थप समाचार

ताजा खबर