40 C
Parāsi
Tuesday, May 13, 2025
spot_img

क्षयरोगी बिरामीको पहिचान गर्दै रामग्राम नगरपालिका।

पश्चिम नवलपरासीमा क्षयरोगका बिरामीको पहिचान र न्यूनिकरण अभियान सञ्चालन गरिएको छ ।रामग्राम नगरपालिकाले क्षयरोगमुक्त नगर बनाउने उद्देश्यसहित क्षयरोगका बिरामीको पहिचान र न्यूनिकरण अभियान सञ्चालन गरेको हो ।क्षयरोग जोखिम तथा स्वास्थ्य सेवाको पहुँच कम भएको समुदायमा १३ गतेबाट विभिन्न स्वास्थ्य चौकीमार्फत खोजपड्ताल गरिदै छ ।अमरबन स्वास्थ्य चौकी ,हकुई स्वास्थ्य चौकी,मन्झरिया स्वास्थ्य चौकीबाट खकार परिक्षण गरिने रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।“समुदायमा क्षयरोगका बिरामी लुकेर रहँदा उनीहरुले अन्य स्वस्थ मानिसहरुलाई पनि सार्न सक्ने जोखिम रहने भएकोले समुदायमा व्यापक रुपमा क्षयरोग फैलिन नदिन तथा पहिचान हुन नसकेका रोगीहरुलाई खोजेर उपचारको दायरामा ल्याउन हामीले यो अभियान सञ्चालन गरिएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।रामग्राम नगरपालिकासहित पश्चिम नवलपरासी जिल्लामै क्षयरोगीका बिरामी उच्च रहेको तथ्यांकलाई मध्यनजर गर्दै समुदायमा रहेको क्षयरोगको जोखिमलाई समयमै निदान गर्न खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको उनले बताए । क्षयरोगको जोखिम समूह तथा स्वास्थ्य पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम मार्फत नगरमा लुकेर रहेका क्षयरोगीको खोजी थालिएको हो ।नगरका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेर क्षयरोगका विरामी खोज्ने काम गरिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताए ।सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गरेर सम्भावित क्षयरोगका लक्षण मिल्ने व्यक्तिहरुको खोजी खकार संकलन गरिएको थियो । खकार परीक्षणबाट क्षयरोग पत्ता लागेमा त्यस्ता बिरामीको निःशुल्क उपचार गरिने उनले भने ।आर्थिक बर्ष २०८०र०८१मा ६ जना क्षयरोगी बिरामी भेटिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।उनको आर्थिक बर्ष २०१।०८२मा रामग्राम नगरपालिका ५१जना क्षयरोगी बिरामी फेला परेको हरिजनले बताए । खोजपड्ताल गर्नको लागि स्वास्थ्यकर्मी तथा महिला समुदायिक स्वास्थ्य स्वयसेवीकाहरूलाई क्षयरोग सम्बन्धि अभिमुखिकारणा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको छ ।रामग्राम नगरपालिका क्षयरोग अभियान मुक्त अभियानकी सदिक्षा भट्टराईले क्षयरोग रोग कसरी सर्छ र क्षयरोग समुदायमा सहज तरिकाले खोजपड्ताल गर्नुपर्ने बिषयमा प्रशिक्षण दिएकी थिईन ।सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले क्षयरोग सरूवा रोग हो यसलाई कसरी नियन्त्रण गर्नुपर्ने बारे प्रशिक्षण दिएका थिए ।कार्यक्रममा नगरपालिकाकि कार्यबहाक नगरप्रमुख सम्झना चौधरी , प्रमुख प्रशासकीय अधिकृत यामबहादुर कुवँर र स्वास्थ्य शाखाका सिअहेब अधिकृत अनिल खड्काले समुदाय खोजपड्ताल गर्दा सहज तरिकाले र रोग लुकाउने भएकाले त्यस अनुसार सहज तरिकाले सहजकर्ता गर्नुपर्ने जोड दिएका थिए ।

थप समाचार

ताजा खबर