13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

प्रतापपुर गाउँपालिकाको १७औँ गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्न

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा तथा हिउँदे अधिबेशनमा सशोधनसहित र नितिगत मस्यौदा तथा प्रस्ताव छलफल ,स्वीकृत पेश गदै सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०८१।०८२मा बजेट कार्यक्रमको छलफल स्वीकृत सभाले १७औँ गाउँसभा तथा हिउँदे अधिबेशन बहुमत पारित गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले बताए । उनको अनुसार आर्थिक बर्ष २०८१।०८२को लागि सशोधनको लागि पेश भएका बिभिन्न २१ वटा कार्यबिधी सभाबाट पारित गरिएको जानकारी दिए ।
सभाले खानेपानी तथा सरसफाई समितीको गठन तथा सञ्चालन प्रतापपुर गाउँपालिकाको फोहोरमैला व्यवस्थापन निति ,निजि जग्गा माटो उत्खन्न तथा ओसारपसार सम्बन्धी कार्यबिधी आधारभूत अस्पताल व्यवस्थापन तथा संचालन कार्यबिधी,बजार अनुगमन निर्देशिक,कृृषि बिकास कार्यक्रम संचालन कार्यबिधी लगायतको सभामा पारित गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरीले बताए ।
सभामा वडा र शाखाका कार्यक्रम र बजेटहरुमा सशोधन तथा पारित गरिएको पालिकाको उपाध्यक्ष मानकुुमारी चौधरीले जानकारी दिईन । सभामा सभासदस्यहरु बजेट तथा कार्यक्रमको सशोधनमा दफावार छलफल गरी सबै निति तथा कार्यक्रम बजेट पारित भएको थियो । सभामा सभासदस्यहरुले निति तथा कार्यक्रम बजेट सशोधनको बिषयमा अफानाृे जिज्ञास राखेका थिए ।

थप समाचार

ताजा खबर