परासी १८ मंसिर ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै स्थानिय नगरबासीलाई स्वास्थ्य संस्थालाई क्षमता बृद्वि गरि नगरवासीलाई स्वास्थ्यमार्फत गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले वडा नम्बर ७ उजैनीमा उनवछ स्वास्थ्य चौकिको सुविधा सम्पन्न भवनको नगर प्रमुख धनपत यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । दुई तल्ले पक्कि भवन संघिय सरकारको करिब डेढ कराेडकाे लागानीमा निर्माण सम्पन्न भएको हाे ।
समाजमा स्वास्थ्य सेवाको अभिवृद्धि गर्न सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाको भुमिका महत्वपुर्ण रहेको बताउदै नगर प्रमुख यादवले स्वास्थ्य स्वंयमसेविकाको लागी साईकलको व्यवस्थापन गरिने जानकारी दिए ।
उपप्रमुख सम्झना चौधरीले स्वास्थ्य संस्थाको भौतिक अवस्था सुधार गर्दे गुणस्तरीय सेवामा नगरपालिकाले जोड दिएको बताईन । सो क्रममा प्रमुख प्रशासकिय अधिकृत यमबहादुर कुँवर, वडा नम्बर १ का वडा अध्यक्ष रुद्रप्रसाद उपाध्याय, जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, वडा नम्बर ७ का पुर्ववडा अध्यक्ष शिवशंखर हरिजन, वडा सदस्य जगवन्तलाल कोईरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आजै नगरपालिकाले उक्त स्वास्थ्यचौकिलाई किशोरकिशोरी मैत्रि स्वास्थ्य संस्था पनि घोषणा गरेको छ । नगर प्रमुख यादवले स्वास्थ्यचौकिमा स्थापना गरिएको किशोरकिशोरी मैत्रि कक्षको पनि उद्घाटन गरेका छन ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संञ्चालन निर्देशिका २९७९ को दफा ५ को व्यवस्थाका आधारमा किशोरकिशोरी मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए ।
ति दुई स्वास्थ्य संस्थामा किशोरकिशोरीका लागी आफ्ना समस्या भन्न छुट्टै फोकल पर्सनको व्यवस्था गरिएको छ भने छुटै कक्षमा उनिहरुले बसेर आफ्ना समस्याका विषयमा पुस्तक मार्फत जवाफ खोज्न समेत सक्ने छन् ।
किशोरकिशोरीमा हुने शारिरीक विकास, मानसिक विकास, प्रजनन स्वाथ्य, विभिन्न रोग तथा अंगहरुको विषयमा जानकारी लिन उनिहरु बिना हिचकिचावट अब स्वास्थ्य संस्थामा गएर आफै जानकारी लिन सक्ने छन् भने कुनै समस्या भएमा फोकल पर्सनलाई जानकारी समेत गराउन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि नगरपालिकाको वडा नम्बर १६ मा रहेको शुक्रौली स्वास्थ्य चौकी र वडा नम्बर १४ मा रहेको अमरौट स्वास्थ्य चौकि किशोरकिशोरी मैत्रि स्वास्थ्य चौकि घोषणा भईसकेका छन।