12.4 C
Parāsi
Thursday, January 16, 2025
spot_img

सामी दवारा तीन महिनामा दुई हजार पाँच सय २३ जनालाई परामर्श

परासी १२ कार्तिक ।

पश्चिम नवलपरासीमा सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई मानोसमाजिक परामर्श ,बित्तिय साक्षरता, निशुल्क कानूनी सहायत ,न्यायमा पहुच, परामर्श ,न्याय तथा उद्धार सहजिकारण ,सुचना तथा परामर्श सेवा दिदै आएको छ ।सामीले बैदेशिक रोजगारमा जाने सम्भावीत कामदार ,बैदेशिक रोजगारबाट फर्केका कामदार ,बैदेशीक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरुलाई परामर्श दिदै आएको हो । नवलपरासी जिल्लमा चार वटा स्थानिय तहरुमा सामी कार्यक्रम संचालनमा रहेको छ । जिल्लाको रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका,सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा संचालनमा रहेको छ ।

सामी कार्यक्रमा चालु आर्थिक बर्षमा सुरक्षित आप्रवासन सामी कार्यक्रम बैदेशिक रोजगारमा जानु भन्दा पहिला जिल्लामा तीन महिनाको समयमा परामर्श सेवा २ हजार ५ सय २३ लिएका छन ।परामर्श लिनेमा पुरुष दुई हजार २६ जना र महिला चार सय ६१ जनाले सेवा लिएका हुन ।
आप्रवासी स्रोत केन्द्रमा दर्ताका भएका नयाँ घटनाहरुमा पुरुष २९ र महिला १ जना गरी ३० जना आएको छ जस मध्ये २ वटा सामाधान गरिएको मनोसामाजिक परामर्शदाता सुमित्रा चौधरीले जानकारी दिईन ।
उनको अनुसार रामग्राम नगरपालिकाद्धरा संचालित सामी परियोजनाले गर्तबर्षको एक सय ४९ जना जसमा पुरुष १ सय ३१ जना र महिला १८ जनाको केश समाधाान गरिएको बताईन ।

थप समाचार

ताजा खबर