14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

नवलपरासीमा गर्भवती भएपछि ८ पटक जाँच गराउने सख्या ५३ प्रतिशत मात्रै ।

परासी ७ कार्तिक ।

पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी दुई दिने समीक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म संचालीत समीक्षा तथा अभिमुखिकरण कार्यक्रममा आमा सुरक्षा सम्बन्धी र जिल्लामा एनटी सर्क गार्मेन्ट सम्बन्धी बार्थिङ्ग दक्ष प्रसुतिकर्मी र सात वटा स्थानिय तहका नार्सिङ्ग फोर्कल पर्सन तालिम दिईएको स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए । उनको अनुसार आमाको मृत्युदर घटाउने र शिशुको मृत्युदर घटाउने तथा जटिलता व्यवस्थापन गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको बताए । तालिममा सिकेका कुरा व्यवहार उर्तना र बिरामीहरुलाई सेवा गुणस्तरीय सेवा दिन सबै सहभागिहरुलाई अग्रह ढकालले गरेका थिए । जिल्लामा आर्थिक बर्ष २०८०।०८१मा कम्तीमा एक पटक सुत्केरी जाँच गराउने संख्या सत प्रतिशत रहेको छन भने प्रोटेकल अर्थात गर्भवती भएपछि ८ पटक जाँच गराउने सख्या ५३ प्रतिशत रहेको स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नार्सिङ्ग अधिकृत कल्पना पौडेलले जानकारी दिईन । गतबर्ष संस्थागत सुत्केरी गराउने सख्या ३८.८ प्रतिशत रहेको र संस्थगत सुत्केरी गराउने सबै भन्दा रामग्राम नगरपालिका रहेको पौडेलले बताईन । आमा सुरक्षा सम्बन्धी तालिम र जिल्लामा एनटी सर्क गार्मेन्ट सम्बन्धी स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नार्सिङ्ग अधिकृत कल्पना पौडेलले प्रशिक्षण दिईएकी थिईन भने जिल्लामा पहिलो पटक एनटिसर्क गार्मेन्ट र जटिलता सम्बन्धी सिअनमी गंगा भट्टराईले दिएका थिईन । बार्थिङ्ग दक्ष प्रसुतिकर्मी र सात वटा स्थानिय तहका नार्सिङ्ग फोर्कल पर्सन गरी करिब ३५ जना सहभागिता रहेको थियो । जिल्लामा १९ वटा वार्थिङ्ग सेन्टर रहेको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

थप समाचार

ताजा खबर