11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

स्वर्गीय जोगेन्द्र अग्रहरीको वार्षिक पुन्य तिथीमा सिमेन्टका कुर्ची वितरण

भदौ ८, परासी – नवलपरासी जिल्लाको बिभिन्न पालिकाका मुख्य क्षेत्रमा पैदलयात्रुको सहजताका लागि सिमेन्टका कुर्ची व्यवस्थापन गदै आउनुभएका नगेन्द्र अग्रहरीले,हिजो सरावल गाउपालिका स्थित ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि सिमेन्टका १२ वटा कुर्ची हस्तान्तरण गरिएको उधोगी एवं समाजसेबी नगेन्द्र अग्रहरीले बताउनुभयो
दाइ स्वर्गीय जोगेन्द्र अग्रहरीको वार्षिक पुन्य तिथीमा उक्त कार्यक्रम गरिएको थियो। नगेन्द्र अग्रहरीको अध्यक्षतामा एक कार्यक्रमका बिच उक्त कुर्चीहरु वितरण गरीएको थियो ।सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो भने अतिथिहरुमा ,सरावल उधोग वाणिज्य संधका अध्यक्ष सुसान्त घिमिरे,वार्ड न ३ का अध्यक्ष फिरंगी चौधरी, उधोगी मनोज गिरी, रोहीत अग्रहरी तथा स्थानिय बासिको रोहबरमा १२ थान सिमेन्टको बस्ने कुर्चि वितरण गरीएको उहाले बताउनुभयो ।
कुर्चीहरु आरती एग्रो परिसरमा २ थान ,सरावल गाउपालीका भवन अधि २ थान ,सरावल ३ , जनकपुर चोकमा १ थान,सरावल ३ स्थित मन्दिरमा १ थान,सरावल गोबरहिया चोकमा १ थान ,सरावल ३, भिमटाडि चोकमा २ थान, पिपरा चोकमा २ थान,महुवा कोटहिमाइ मँन्दिरमा १ थान गरी क्ुल १२ वटा सिमेन्टका कुर्ची वितरण गरिएको उहाले बताउनुभयो ।

थप समाचार

ताजा खबर