39 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

बन्जरियामा एकदिने निःशुल्क आखा शिविर सम्पन्न ।

परासी । भाद्र १
गर्मी बढेसगै आखामा बिभिन्न समस्याहरु आउने गर्दछ , सोही कुरालाइ मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम–१८,बन्जरिया स्थित भोगाड मन्दिर धर्मसालामा बन्जारिन माइ ब्याडमिन्टन क्लब रामग्राम–१८,बन्जरिया र साना किसान कृषि सहकारी संस्था लि बन्जरिया, नवलपरासीले निःशुल्क आँखा शिविर हिजो संचालन गरेको थियो । पछिल्लो समयमा आखामा देखिने समस्या पनि बढ्दो छ । त्यसैलाई मध्यनजर गर्दै गाउमै निशुल्क आँखा शिविर संचालन गरेको बन्जारिन माइ ब्याडमिन्टन क्लब रामग्राम–१८,बन्जरियाका अध्यक्ष मनोज कुमार चौधरील बताए।

आँखा शिविर कार्यक्रमलाई नेपाल नेत्रज्योति संघ लुम्बिनी,डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीले सहजिकरण गरेको थियो ।आँखा शिविर कार्यक्रममा २५८ जना गाउबासीले आखा जाच गराएका थिए। जस मध्य ७० जनामा मोतीयाबिन्दू देखिएको थियो भने शिबिरमा ८ जना चिकित्सकको सहितको प्रबिधीक टोली खटीएको थियो ।

थप समाचार

ताजा खबर