39 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

पाल्हीनन्दनमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ रामपुरवाको वडाकार्यालय परिसरमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा २५१ जना किसान लाभान्वित भएका छन्।

शिविरमा नि शुल्क पशुपन्छीको जाच,नि शूल्क औषधी वितरण, पशु बन्ध्याकरण,गर्भ परीक्षण,प्रजनन् बिकृती उपचार ,बाझोपनको उपचार, आन्तरिक र बाह्य परजिविका कारण पशुमा लाग्ने रोग विरुद्धका औषधी वितरण गरिएको भेटेरिनरी अस्पताल नवलपरासीका पशु सेवा अधिकृत सूरेश प्रशाद मिश्रले जानकारी दिएका छन् । साथै किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि दिएको मिश्रले बताए ।

वार्षिक स्वीकृत कार्यक्रम अनुसार पाल्हीनन्दन १मा स्वास्थ्य शिविर सञ्चालन गएिको भेटेरिनरी अस्पताल नवलपरासीले जनाएको छ ।

पशुपन्छी तथा मत्स्य विकाश निर्देशनालयका नि. निर्देशक डाक्टर प्रवेश सिह कूवरकोे अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कन्डेलको प्रमुख आतिथ्यता सम्पन्न शिविरमा लुम्बिनी प्रदेश सभा सदस्य मा. बैजनाथ जैसवाल ,पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता रहेको थियो ।
शिविरमा पाल्हीनन्दन गाउँपालिका वडा न १का अध्यक्ष ,पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका कायालय प्रमूख भरत काफ्ले, भेटेरिनरी अस्पताल नवलपरासीका पशु सेवा अधिकृत सूरेश प्रशाद मिश्र, भेटेरिनरी अस्पताल नवलपरासीका पशु सेवा बिज्ञ डाक्टर बिभूती सिह , पाल्हीनन्दन गाउँपालिकाका पशु सेवा बिभागका धर्मेन्द« यादव लगायतको उपस्थिती रहेको थियो ।

थप समाचार

ताजा खबर