40.2 C
Parāsi
Friday, May 3, 2024
spot_img

अनाधिकृत रुपमा सडक पेटीमा राखिएका सामाग्री तथा पसल हटाउँदै नगरपालिका

रामग्राम नगरपालिका भित्र सडक,सडक पेटीमा अनाधिकृत रुपमा ब्यापार ब्यवसाय सञ्चालन गर्ने ,निजी प्रयोगका सामाग्रीहरु राख्ने ,ठेलागाडा वा साइकलमा सामान राखी व्यापार ब्यवसाय सञ्चालन गर्ने कार्यमा रामग्राम नगरपालिकाले रोक लगाएको छ । यसरि अनधिकृत रुपमा सञ्चालन भएका व्यापार व्यवसायले सार्बजनिक आवगमनमा बाधा अवरोध पुग्ने र मानिसलाइ आवजात मा समेत बाधा पूग्ने र जसको कारण दुर्घटना समेत अत्याधिक हुने भएकाले यस्ता प्रकृतीका कार्य नगर्न र नगराउन सम्पुर्णमा अनुरोध समेत गरकोेछ । यदि त्यस्तो अनाधिकृत कार्यमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत रामग्राम नगरपालिकाले जनाएको छ ।हिजो नगरपालिकाले प्रहरी,नगरप्रहरी,कर्मचारी वडा अध्यक्ष सहीतको टोलीले अनाधिकृत पसल ,निर्माण सामाग्री हटाउन लगाएका थिए ।
सडक छेउमा चिया खाजा पसलहरु तथा त्यसैको अगाडि साँघुरो सडकमा अनियन्त्रित पार्किङ पनि दुर्घटनाको कारणहरु हुन् ।रामग्राम नगरपालिकाका बजार क्षेत्रमा सडकपेटीको भुभाग अतिक्रमण गरि व्यापार व्यावसाय गर्नाले पनि सडक थप साघुँरो बन्दै गएको थियोभने ,सडक दुर्घटनाको कारण बनेको थियो ।रामग्राम नगरपालिकाले यस अघिपनि धेरैपटक सार्बजनिक सूचना जारीगरी सडकपेटिका नीर्माण सामाग्री हटाउन पहल गरेको थियो । अब्यवस्थीत सवारी पार्कीङ, छाडापशु,पोलको अब्यवस्थीत तार ,सडक तथा सडकपेटी अधिक्रमणले बजारक्षेत्रमा थप चूनौती थप्दै गएको छ ।

थप समाचार

ताजा खबर